काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा नियन्त्रणमा लिइएको हो ।
अख्तियारले अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको स्रोतको भनाइ छ । उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गर्न म्याद थपका लागि अदालत लगिएको छ ।
प्राधिकरणले भक्तपुरको नलिन्चोकस्थित आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियमितता गरेको उजुरीमा उल्लेख छ । उक्त हेलिप्याडको उद्घाटन २०८१ असारमा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्रदीप अधिकारीले गरेका थिए ।
अधिकारीमाथि पोखरा विमानस्थल निर्माणमा पनि भ्रष्टाचारको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

Comment