काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
यही नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।
’डोमिनार डेको दिन आएको छ ; र तपाईंको अपग्रेड अब शुरू हुन्छ’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सिएस १ थान सेफ्टीे ज्याकेट र एमटि हेल्मेट जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, “नागरिकताको भरमा इएमआई” सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ ।
पुराना बाईकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपिएल टिकेट्स जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।
साथै, सहभागीहरूले स्पोन्सर्ड विकेन्डर राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डोमिनारका सामान पनि प्राप्त गर्न सक्नेछन् ।
आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।
सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।
साथै डोमिनार डे एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।

Comment