नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा कायम भएको थियो । यसअघिका पाँच कारोबार दिन भने नेप्से लगातार उकालो लागेको थियो ।

सोमबार नेप्सेमा कुल ४ अर्ब ७१ करोड माथिको कारोबार भएको थियो । अघिल्लो दिन आइतबार भने नेप्सेमा ६ अर्ब ९८ करोड माथिको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

सोमबार सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य ९.३१ प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।