काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफै १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाको सक्रियतामा सबै पक्षका नेतासँग भएको छलफल र संवादपछि कार्यवाहक सभापति खड्काले बैठकमा आफै कार्यतालिका प्रस्तुत गरेका हुन्।
बैठकले यसै महिनाभित्र नयाँ क्रियाशील सदस्यता वितरणको पनि प्रस्ताव राखिएको छ। जसमा मंसिर २० गतेसम्म केन्द्रबाट जिल्लामा सदस्यता फाराम पठाइसक्ने र मंसिर २४ गतेसम्म वडामा फाराम पुगाउनेगरी कार्यतालिका प्रस्ताव गरिएको छ।

Comment