बैंक तथा वित्तहरूले महानगरभित्रका शाखा समायोजन गर्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र बैंकले महानगरपालिकामा रहेका आफ्ना धेरै शाखा समायोजन गर्न दिने भएको छ।

पहिलो मौद्रिक समीक्षामा राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार बढिरहेको र महानगरहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा धेरै रहेकाले यो सुविधा प्रदान गरिने उल्लेख गरेको हो।

विद्युतीय कारोबार बढ्दै गएकोले महानगर क्षेत्रमा धेरै शाखा रहेका बैंकहरुले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन गर्ने बाटो केन्द्रीय बैंकले खोलिदिएको हो । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले नै निर्णय गर्नसक्ने उल्लेख छ ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्‌ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।