पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)सम्म बनाएका विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा एक समारोहको आयोजना गरेर रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले पोखरेललाई रास्वपामा भित्र्याएका छन्।

पोखरेल तीनै पूर्व प्रहरी अधिकारी हुन् जो तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ मा आइजिपी नबनाएको भनेर चर्चा गरिन्छ। त्यति बेला सरकारले धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेको थियो। त्यस विरुद्ध पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले फैसला गर्दा सिंहको नियुक्तिलाई सदर गरेको थियो।

जेन–जी आन्दोलनपछि एक टेलिभिजन अन्तर्वार्तामा पूर्व एआइजी पोखरेलले त्यति बेला आइजिपी बनाउन आफूसँग ठुलो रकम मागेको दाबी गरेका थिए।

आइजिपी बन्न रोकिए पनि त्यसअघिको पोखरेलको यात्रा भने निकै रोचक मानिन्छ। २०७४ को निर्वाचनपछि झन्डै दुई तिहाइको बहुमत साथ बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सरकार उनका लागि फलिफाप थियो। विशेष गरी एमालेबाट आएका नेताहरूको उनीप्रति ठुलै आशीर्वाद थियो। जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजिपी बनाउन चाहेको थियो। जसका लागि उनलाई डिआइजीदेखि एआइजीसम्मको बढुवामा निकै उछलकुद गराउँदै पु¥याएको थियो। जसलाई प्रहरी अधिकारीहरू ‘रकेट यात्रा’ भनेर पनि टिप्पणी गर्छन्।

पोखरेल डिआइजी बढुवापछि भने एकाएक अगाडि ल्याइएका थिए। कतिसम्म भने आफ्नोभन्दा अघिल्ला ब्याजीलाई समेत पछार्न सफल भए। यही कारण उनको यात्रालाई नेपाल प्रहरीभित्र ‘रकेट यात्रा’ भनिन्छ।

पूर्व एआइजी पोखरेल २०४९ चैत १२ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) पदबाट भर्ना हुँदा उनी आठौं नम्बरमा थिए। भर्ना हुँदा पछि आइजिपी नियुक्त गरिएका सिंह भने एक नम्बरमै थिए।

त्यसपछि २०६२ साउन ११ गते प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा हुँदा सिंह एक नम्बरमै हुँदा पोखरेल २४ नम्बरमा पुगेका थिए। त्यसपछि उनीहरूको समूहको २०६९ माघ ११ गते एसपीमा बढुवा भयो। उक्त बढुवामा पनि सिंह एक नम्बरमै रहँदा पोखरेल ७ नम्बरमा अटाएका थिए। २०७४ मा एसएसपी बढुवामा भने पोखरेलले सिंहलाई उछिनेका थिए।

एसएसपीबाट बढुवा भएर प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा पुग्दा भने उनको रकेट यात्रा नै सुरु भएको थियो। २०७५ कात्तिक १० गते काभ्रेमा तत्कालीन डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएको थियो। उनको मृत्यु भएपछि रिक्त ठाउँमा तत्कालीन सरकारले २०७६ वैशाख १९ गते पोखरेललाई नियुक्त गरेको थियो। जसमा उनले आफूभन्दा अघिल्लो ब्याजका एसएसपीहरूलाई नै पछार्न सफल भएका थिए।

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम ! | Nagarik News

त्यति बेला पोखरेलभन्दा अघिल्लो ब्याजका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, वीरेन्द्र बस्याल र सौरभ राणा एसएसपी थिए। उनीहरूलाई पछाडि पारेर सरकारले उनलाई डिआइजी नियुक्त गरेको थियो।

त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई आइजिपी बनाउन थप कदम चाल्यो। २०७७ मंसिरमा पोखरेलकै लागि थप एक एआइजीको दरबन्दी सिर्जना गरेर उनलाई बढुवा गरिएको थियो।

तर, आइजिपी बढुवा गर्ने बेला २०७९ वैशाखसम्म ओली सरकार ढलिसकेको थियो। ओलीको ठाउँमा देउवा प्रधानमन्त्री बनिसकेका थिए। देउवा नेतृत्वको सरकारले भने पोखरेललाई आइजिपी नबनाएर सिंहकै हातमा कमान सुम्पिएपछि उनलाई झट्का लागेको थियो।

यसरी एमाले नेतृत्वले प्रहरी महानिरीक्षक बनाउन ठुलै आड र संरक्षण दिएका पोखरेलको पछिल्लो राजनीतिक यात्रा रास्वपातिर सुरु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।