एनपीएलमा आज पनि दुई खेल : जित्नैपर्ने दबाबमा काठमाण्डू र कर्णाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ।

दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।