काठमाडोँ । नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो।
नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमै समेटियो । हङकङका लागि कप्तान शिव माथुरले ३०, जुडे लीले २२, अब्दुल समाद खानले १९, रियान्श शर्माले १८, आरेज दारले १५ र अफ्ताब हुसैनले १० रन बनाए।
नेपालका लागि अपराजित पौडेलले चार, कप्तान अशोक धामीले तीन तथा दयानन्द यादव, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन बनायो । नेपालका लागि अशोक धामीले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी दर्श सोनारले अविजित ४५, दिलसद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए ।
हङकङका लागि ड्यानियल माप र अभिमन्यु गणेशनले दुई दुई तथा प्रीत मञ्जुकिया र अफ्ताब हुसेनले एक–एक विकेट लिए ।

Comment