फागुन २१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिस तथा सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार सेना परिचालनको स्वीकृति दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेना परिचालनको स्वीकृति प्रदान गरिएको जनाएको छ।

निर्वाचन सुरक्षा योजना अन्तर्गत मतपत्र छपाइ, ढुवानी तथा मतदान स्थलको बाहिरी घेराको सुरक्षा वा अति संवेदनशील क्षेत्रको सुरक्षाका लागि सेना खटाउने प्रचलन छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।