चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दलहन वनस्पतिमा पर्ने बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्दछन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ । बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै, साथै मानव स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । जाडो मौसममा खाइने बदामका फाइदाहरूः

१. तौल घटाउन

बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महसुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्‍याउने गर्दछ । बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ ।

२. क्यान्सरबाट जोगाउन

बदामको सेवनले क्यान्सरजस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ । बदाममा हुने फाइटोस्टेरोल नामक तत्त्वले ट्युमरसमेत नियन्त्रण गर्दछ ।

३. कोलेस्टेराेलमा नियन्त्रण

बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेराेल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

४. मधुमेहबाट जोगाउँछ

CG Groupcosmos college
बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

५. डिप्रेसनका लागि उपयोगी

बदाममा पाइने ट्राइपटोफन नामक तत्त्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

६. शिशु स्वस्थ बनाउन

बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन् ।

७. अन्य फाइदाहरू

बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै, बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्त्वहरू भेटिन्छन् । जसले कपाल वृद्धि गर्ने र कपाल झर्नबाट समेत जोगाउँछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।