पोखरा । लक्ष्मी ईमोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका इलेक्ट्रिक सवारीसाधनको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा यी ब्रान्डका अधिकृत वितरक रहेको कम्पनीले सोमबार आयोजित विशेष समारोहबीच शोरुम उद्घाटन गरेको हो ।
नयाँ सुविधा सञ्चालनमा आएसँगै कम्पनीले पश्चिम क्षेत्रमै आफ्ना ईभी मोडेलहरूको पहुँच विस्तार गरेको छ । आधुनिक, दिगो र वातावरणमैत्री सवारीसाधनलाई ग्राहक नजिक पुर्याउने उद्देश्यसहित सञ्चालनमा आएको यो शो–रुमले पोखरा तथा आसपासका क्षेत्रका ईभी प्रयोगकर्तालाई अझ सहज र स्तरीय सेवा दिने कम्पनीको दाबी छ ।
उद्घाटनको अवसरमा लक्ष्मी ईमोबिलिटीले ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ । त्यसअनुसार आकर्षक नगद छुट, बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड ट्याक्स प्याकेज, साथै हरेक बुकिङमा एक रातको आकर्षक स्टेप्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
दीगो यातायात प्रवर्द्धन गर्ने लक्ष्यसहित लक्ष्मी समूहले रिल्याक्स रिचार्ज नेटवर्कमार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेशन सञ्चालनमा ल्याइसकेको छ। यसले ईभी प्रयोगकर्तालाई चार्जिङ र मर्मत सुविधा थप सहज बनाउँदै देशको ईभी पूर्वाधार सुदृढीकरणमा सहयोग पुगेको कम्पनीले बताएको छ ।
बुद्धचोकस्थित नयाँ शो–रुमले प्रदेशमा बढ्दै गएको इलेक्ट्रिक सवारीसाधनको मागलाई सम्बोधन गर्ने तथा ग्राहकलाई नजिकैबाट गुणस्तरीय सेवा प्रदान गर्ने महत्वपूर्ण कदमका रूपमा रहेको कम्पनीको भनाइ छ ।
लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकलाई शो–रुम अवलोकन गरी नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न आमन्त्रण गरेको छ ।

Comment