काठमाडौं । जगदम्बा मोटर्सको इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर एक दिन थप भएको छ । पूर्वनिर्धारित समयमा एक दिन थपिएर सोमबारसम्म अफर सञ्चालन हुने बताइएको छ ।
कार्यक्रम काठमाडौंको ज्ञानेश्वरस्थित एटीक रेस्टुरेन्टमा आयोजना हुँदैछ ।
कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।
एक्सचेन्ज अफर ४६ लाख ९९ हजार रूपैयाँदेखि सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर,१८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किलोमिटर रेञ्ज प्रदान गर्दछ ।
उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभीको लम्बाई ४६१५ मिमी छ । चलिरहेको विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीको दाबी छ ।

Comment