काठमाडौं । सर्वोच्च अदालत तोडफोड, सुरक्षाकर्मीको हतियार लुटपाट र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक कार्यमा उक्साउने र उत्तेजित बनाउने अपराधको कसुरमा ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीहरूले भदौ २४ गते जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरेका थिए ।


Comment