निर्वाचनमा भाग लिने दलको सङ्ख्या ४० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ४० पुगेको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबारसम्म ३३ वटा दल दर्ता भएकोमा शुक्रबार थप ७ दल दर्ता भएका छन् ।

शुक्रबार दर्ता हुने दलमा रुक्मिणी चौधरी नेतृत्वको संघीय नेपाल पार्टी, डा सिके राउत नेतृत्वको जनमत पार्टी, दिनेशराज प्रसाई नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, कृष्णकुमार राई नेतृत्वको नेपाली जनश्रमदान संस्कृति पार्टी छन् ।

यस्तै, कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, भूपी राई नेतृत्वको राष्ट्रिय साझा पार्टी र रमेश नाल्भो नेतृत्वको परिवर्तन पार्टी पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ ।

प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल र पाँचौ दिन ५ गते ७ दल दर्ता भएका छन् ।

यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या ८ पुगेको छ । शुक्रबार डा। सिके राउत नेतृत्वको जनमत पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल यो प्रयोजनका लागि आयोगमा दर्ता भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पहिलो दिन मंसिर १ गते ३ दल, दोस्रो दिन २ गते एउटा दल, तेस्रो दिन ३ गते २ दल र पाचौँ दिन २ दल दर्ता भएका हुन् । चौथो दिन ४ गते भने एउटा दल पनि दर्ता भएको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।