कठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन भएका छन्।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।
प्रमुख सूचना अधिकारी रावल र प्रमुख गुनासो अधिकारी खड्का आजैबाट लागु हुने गरी नियुक्त भएका हुन् ।
बैंकको आधिकारिक जानकारी, सूचना तथा बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा उहाँहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रमुख गुनासो अधिकारी खड्कालाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा र प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पक गर्न सकिने बैंकले जनाएको छ ।

Comment