एनपीएलमा सट्टेबाजी गर्न खोज्ने दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खेलाडीलाई हारजीतको प्रलोभन देखाउने दिलप्रित सिंह र रेविका सिंह ठकुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जाल ह्वासएप र इन्स्टाग्रामबाट सम्पर्क गरेर हारजीतमा प्रभाव पारेर आर्थिक प्रलोभन दिएका थिए । उनीहरूलाई मंगलबार लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो ।

भारत हरियाणा २८ वर्षिय सिंह र बर्दिया घर भइ हाल भारत चण्डिगण बस्ने २४ वर्षीया ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।