बारमा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप र तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यु आदेश जारी गरेको छ।

दुई पक्षीय झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी भएको हो।

प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच विहान झडप भएको थियो। सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरेपछि युवा संघका कार्यकर्तासँग झडप भएको हो।

शुरुमा प्रहरी र जेनजीबीच झडप भएको थियो। पछि एमाले कार्यकर्तासँग झडप भएको छ। युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा एमालेको युवा संघले राखेको मधेश प्रदेश स्तरीय कार्यक्रममा सम्बोधन गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउने कार्यक्रम थियो।

एमाले नेताहरुलाई रोक्न जेनजी युवाहरू विहानैबाट सक्रिय भएका थिए। यही बीचमा आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेटमा तोडफोड समेत गरेको छ। गेट भाँचेपछि केही युवाहरु एअरपोर्टभित्र छिरेका थिए।

उनीहरुलाई प्रहरीले बाहिर निकालेको छ। एमाले नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।