काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ।
आइतबार नेप्से ५.१५ अंक घटेर २५४०.५७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.४४ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेपछि समग्र नेप्से प्रभावित भयो।
नेप्से घटेपनि कारोबार रकम भने ४० करोडले बढेको छ। आइतबार ३३७ स्टकको ४७ हजार १७६ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशत बढेको भने रुरु जलविद्युत परियोजनाको शेयरमूल्य साढे ९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को २८ करोड ९० लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनी र माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।

Comment