काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ’, सामाजिक सञ्जालमा उनले लेखेका छन्।
सबैले गम्भीर आत्मसमीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने समेत बताएका छन्। ‘घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले ठुलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन’, उनले लेखेका छन्,‘बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।’


Comment