काठमाडौं । जापान भ्रमणमा रहेको नेपथ्य ब्यान्डले नागोयामा भव्य स्वागत पाएको छ। ‘हो रामा रामा’ गीतबाट कन्सर्ट सुरु भएको थियो, जससँगै दर्शक उत्साहित हुँदै रंगीन बत्तीले हल झिलिमिली बनेको थियो। ‘जोगले हुन्छ भेट’ गाइँदा त माहोल झनै उत्कर्षमा पुगेको थियो।
गायक अमृत गुरुङले गीतका बीचमा दर्शकसँग निरन्तर संवाद गर्दै विदेशमा बसे पनि नेपाली भाषा, पहिचान र एकता जोगाउन सबैलाई आग्रह गरे। उनले स्वदेशमा शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्न पनि अपिल गरे।
नागोयाको कार्यक्रममा अमृतलाई ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले साथ दिएका थिए। सफल प्रस्तुति पछि नेपथ्यको टोली अब टोकियोतर्फ प्रस्थान गर्दैछ, जहाँ आगामी मंगलबार ‘टोकियो डोम सिटी हल’ मा अर्को भव्य कन्सर्ट हुने जनाएको छ।

Comment