सिटिजन लाइफको बिमाशुल्क आम्दानी २८ प्रतिशतले बढ्दा नाफामा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । सिटिजन लाइफले गत आवको सोही अवधिको तुलनामा नाफा थोरै बढाएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा गरेको १३ करोड ९ लाखभन्दा ६ लाख बढी हो ।

सिटिजनले २ अर्ब १२ करोड ६४ लाख रुपैयाँ खुद प्रिमियम (बिमाशुल्क) आम्दानी गरेको छ जुन गत आवको पहिलो त्रैमासको १ अर्ब ६५ करोड १८ लाखभन्दा ४७ करोड बढी हो । कम्पनीको कुल बिमाशुल्क आम्दानी १ अर्ब ७४ करोड ७४ लाखबाट २८ प्रतिशतले बढेर २ अर्ब ३२ करोड २९ लाख पुगेको छ ।

३ महिनामा सिटिजनले ४८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

असोज मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २३ करोड ११ लाख, सञ्चित नाफा १ अर्ब १५ करोड ७० लाख र अन्य इक्विटी ६० करोड ८७ लाख रुपैयाँ छ ।

यसैगरी जीवन बिमा कोषमा रहेको रकम १९ अर्ब ९९ करोड ८३ लाख रुपैयाँबाट एक वर्षमै बढेर २१ अर्ब ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासको अन्त्यमा सिटिजन लाइफको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४८.९३ रुपैयाँ र पीई रेसियो ४१.३७ छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.४२ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।