काठमाडौं । फोनपे पेमेन्ट सर्भिसको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
फोनपे सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको वार्षिक साधारणसभामा फोनपेका सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने तथा आव २०८२/८३ का लागि एनबीएसएम एन्ड एसोसियट्सलाई पुनः लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।

Comment