नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्तिक २७ गतेदेखि लागु हुने गरी प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आजै (मंसिर २५ गते) मध्यरातबाट अनिवार्य अवकाश पाउँदै छन् ।

नवनियुक्त कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक हुन् । उनी यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा कार्यरत थिए । उनी महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।