काठमाडौं । नेपाली बजारमा सोमबार (आज)सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य २९ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ३ हजार ६५ रुपैयाँ तोकिएको छ ।

Comment