हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” भन्ने नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूमहरूमा लागू गरिएको छ ।

हुन्डाई क्रेटा ईभीमा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ। प्रत्येक खरिदसँगै छ वर्षको निःशुल्क मर्मत सेवा र तीन वर्षको वारेन्टी उपलब्ध गराइनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँ सम्मको एक्सचेञ्ज बोनस, ७५,००० रुपैयाँको विशेष छुट र २५,००० रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन्। साथै, यस अफरमा एक वर्षको व्यापक बिमा (कम्प्रिहेन्सिभ इन्स्योरेन्स) र सडक कर रोड ट्याक्स समेत समावेश गरिएको छ, जसले हुन्डाई क्रेटा ईभीको खरिदलाई अझ आकर्षक र सुविधाजनक बनाएको छ ।

हुन्डाई क्रेटा ईभीले एकपटक पूर्ण चार्जमा तीन सय नव्वे किलोमिटर सम्मको दूरी तय गर्न सक्छ। यसमा २ सय मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकमा सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ ।

यो सीमित अवधिको अफरले विद्युतीय सवारीसाधनमा स्विच गर्न चाहने सबैका लागि एक सुनौलो अवसर प्रदान गरेको हुन्डाई नेपालले जनाएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा गई “पर्फेक्ट ईभी” मा अपग्रेड गर्न आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।