काठमाडौं । आजको कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
साताको पहिलो कारोबार दिन, नेप्से परिसूचक ३०.०२ अंकले घट्दै २५६६.०९ बिन्दुमा रोकिएको छ, जसले बजारमा १.१५ प्रतिशतको गिरावट जनाउँछ। यसअघि गत बिहीबार पनि ११.२९ अंकको घटाव आएको थियो।
आजको कारोबारमा सेयर बजारमा रकम पनि घटेको छ। ३२२ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर खरिदबिक्री भएको छ, जसबाट कुल ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो। गत बिहीबार ३२० कम्पनीको १ करोड ८ लाख ६१ हजार १४६ कित्ता सेयर खरिदबिक्री भएको थियो, जसबाट ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको कारोबार भएको थियो।
आजको दिन सबै समूहका सेयरमा गिरावट आएको छ। विशेष गरी फाइनान्स समूहका सेयरमा २.९१ प्रतिशतको गिरावट आएको छ।
तर, गिरावटको बीचमा केही कम्पनीहरूको सेयर मूल्यमा भने उल्लेखनीय वृद्धि भएको छ। दरमखोला हाइड्राे इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी, रूरू जलविद्युत परियोजना र १०.२५% नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८३ का सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेका छन्।
बजारको उतारचढावले लगानीकर्ताहरूमा चासो र चिन्ता उत्पन्न गरेको छ, र आगामी दिनहरूमा के कस्तो स्थिति आउने भन्ने कुरा पर्खाइको अवस्थामा छ।

Comment