काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका कतिपय कार्यबारे भन्न नमिल्ने बताएका छन् ।
कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्नै नमिल्ने बताउँदै गृमन्त्री अर्यालले यस्तो बताएका हुन्। ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो,’ उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’
आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक आफूसँग अरू विकल्प नहुने समेत उनले जिकिर गरे। उनले भने, ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’
पछिल्लो केही समयदेखि हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजीको एक समूहले गृहमन्त्रीको काममा अुसन्तुष्टि जनाउँदै राजीनामा माग गरिरहेका छन्।

Comment