काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा बजारमा स्थायित्व कायम रहँदै कारोबारको मात्रा गत वर्षको तुलनामा बढ्दो क्रममा रहेको देखिएको छ।
समिक्षा अवधिमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले पहिलो त्रैमासमा मात्र १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ, जसले बीमा क्षेत्रमा कम्पनीको अग्रस्थान झल्काएको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्म ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बराबरको बीमा कारोबार गरेको छ।
त्यसैगरी, एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड, र हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।
अन्य कम्पनीहरूमध्ये एशियन लाइफले २ अर्ब ८८ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड, र मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
त्यस्तै, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड, र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

Comment