कार्तिक २३ गते आइतवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ कार्तिक २३ गते (९ नोभेम्बर २०२५) आइतवार, मार्ग कृष्णपक्ष चतुर्थी तिथि, १०ः०२ बजेपछि पञ्चमी। आर्दा नक्षत्र। चन्द्रराशि मिथुन।

मेषः

पराक्रम बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । अतिथिका रूपमा मानसम्मान पाईनेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।

वृष:

आज धनलक्ष्मी योग परेको छ । मिहिनेत अनुसार प्रशंसा, पुरस्कार आदि पाईनेछ । गुम्न लागेको धन प्राप्त हुनेछ । मूल्यवान् गहना, उपकरण आदि संग्रह गर्ने समय छ । कृषि, पशुपालन आदिमा फाइदा हुनेछ ।

मिथुन:

शरीरमा स्फूर्ति र मनमा उत्साह जगाउने योग छ । नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुटाउन सकिनेछ । आज अनौठो तरिकाबाट धनलाभ हुन सक्नेछ ।

कर्कट:

आज सोचविचार गरेर निर्णय लिनुपर्ने देखिन्छ । भौतिक साधनतर्फ फजुल खर्च हुनेछ । फसेको रकम उठाउन पनि हम्मे पर्नेछ । कुनै अवसर प्राप्त भए पनि कुनै इष्र्यालुजनको फन्दामा परिने सम्भावना छ ।

सिंह:

कम लागतमा दिगो काम, पेशा, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ । आयस्रोत सबल बन्नाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ । वैदेशिक कार्यहरू अघि बढ्नेछन् । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ ।

कन्या:

शुभफलदायी र कर्मसिद्धिको योग छ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्नेछ ।

तुला:

विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा देश–विदेशसम्म यात्रा गर्ने साइत जुर्न सक्नेछ । टाढिएका सहपाठीहरूसँग पुनर्मिलन हुने समय छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । न्यायिक एवम् राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक:

आज एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्नेछन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । चोटपटक लाग्ने संभावना उच्च रहेकाले विशेष सावधान रहनु राम्रो पक्ष हुनेछ ।

धनु:

मनले चिताएको काम पुरा हुनेछ । कुटुम्बजनसँगको सम्बन्ध अझ प्रगाढ रहनेछ । व्यापार व्यवसायबाट प्रशस्त आमदानी हुनेछ । प्रेमी–प्रेमिका सँग भेटघाट तथा राम्रो संवाद हुने योग परेको छ । मिष्ठान्न भोजनको अवसर जुट्नाले मन फुरुङ्ग हुनेछ ।

मकर:

खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिन सकिनेछ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । शुभ समाचार प्राप्त हुने योग छ । आर्थिक पक्ष मजबुत बन्दै जानेछ । आज आर्थिक व्यवस्थापनमा सतर्क रहनु राम्रो पक्ष हुनेछ ।

कुम्भ:

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ । बोलिकै भरमा कामहरु हुनेछन् । सेयर बजारको काम र कारोबार बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन:

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष होस राख्नुपर्ने समय छ । टाढाको यात्रा फलदायी देखिंदैन । थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन रहेको छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।