काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ।
जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए।
यता नेपालका लागि लोकेश बमले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो। नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए। यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।

Comment