कृषि विकास बैंकको लाभांश घोषणा, कति दिने भयो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंकले सेयर धनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ।

बैंकको लाभांश दर यसअघिको भन्दा बढेको हो। गत वर्ष बैंकले तीन प्रतिशत बोनस सहित कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो।

अहिले बैंकको सेयर तीन सय १७ रूपैयाँमा कारोबार भइरहेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।