काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको विरोध गर्दै निकोलस भुसाल र एमाले नेता महेश बस्नेतलाई किन फरक तरिकाले हेरेको भनी प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
जेनजी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा राखेका धारणालाई गुरुङले पनि समर्थन गर्दै यस्तो प्रश्न गरेका छन् ।
“निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ? अनि किन निकोलसमात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।”
भावना राउत र सुधन गुरुङले सामाजिक सञ्जालमा यसरी प्रश्न गरेपछि जेनजी अभियन्ताहरुले पनि त्यसलाई समर्थन गरेका छन् ।

Comment