राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रीय बैंकले कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १९ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकेको हो ।

वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव छ । हाल उनी मानव संसाधन व्यवस्थापन विभाग प्रमुख हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।