सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘त्रिपल बी प्लस’ रेटिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थिरता र दायित्व पुरा गर्ने क्षमतामा महत्वपूर्ण सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट त्रिपल बी प्लस रेटिङ प्राप्त गरेको छ ।

यस रेटिङले कम्पनीको विश्वासनीयता, मजबुत वित्तीय प्रदर्शन, अनुभवी प्रबन्धन टोली, प्रभावकारी प्रशासनिक संरचना र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ ।

त्रिपल बी प्लसरेटिङ प्राप्त गर्ने कम्पनीहरूलाई आफ्नो दायित्वहरू समयमा पूरा गर्न सक्षम र वित्तीय दृष्टिले स्थिर मानिन्छ ।

कम्पनीले आफ्नो ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासको लागि आभार व्यक्त गर्दै अझ मजबुत र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

अहिले कम्पनीले देशभरि १४८ शाखा र उपशाखाबाट सेवा प्रदान गर्दैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।