काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले कम्पनीको तर्फबाट १ करोड रुपैयाँको चेक तथा एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेका अनुसार मंगलबार प्राप्त रकमसहित उक्त कोषमा हालसम्म जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको छ ।

Comment