काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्कीलगायतले छुट्टै अभियान घोषणा गरेका छन्।
एकीकृत समाजवादीलगायत आठ दल–समूहसँग एकता घोषणा गरेसँगै असन्तुष्ट केही नेताले छुट्टै अभियान घोषणा गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस अभियानको उद्देश्य पारदर्शिता अपनाउने र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायका समस्याप्रति प्रतिबद्ध रहनु भएको बताए। उनले वर्तमान राजनीतिलाई व्यापारको रूपमा हेरिने प्रवृत्तिप्रति पनि आलोचना गरे ।
पत्रकार सम्मेलनमा शर्मा सँगै माओवादी नेता राम कार्की र अन्जना विश्वंखे उपस्थित थिए । उनले माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दल/समूहबीच भएको पार्टी एकताको सहमति प्रति असहमति व्यक्त गर्दै आफू त्यस एकतामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

Comment