काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको बताइएको छ ।
पार्टी नाम उल्लेख नगरे पनि चुनाव चिन्ह तारा राख्ने सहमति भएको छ। पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी छ। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ८ दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

		    		
Comment