२० गतेभित्र नेपाल फर्कन ११ राजदूतलाई सरकारको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ११ देशका लागि कार्यरत नेपाली आवासीय राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिएको छ। सर्वोच्च अदालतले फिर्ता बोलाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको भोलिपल्टै परराष्ट्र मन्त्रालयले सो निर्देशन पत्र पठाएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित पत्रमा राजदूतहरूलाई मंसिर २० गते बिहीबारभित्र मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। साथै, अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर रहन निर्देशन दिइएको छ।

अदालतको आदेशपछि पनि प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरको निर्णयका आधारमा सोमबार मन्त्रालयले राजदूतहरूलाई स्वदेश फर्कन पत्राचार गरेको हो।

यसअघि, असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले भने आइतबारको आदेशमार्फत सरकारको सो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। अदालतले अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता सम्बन्धी निर्णयको वैधानिकता विषयमा थप सुनुवाइ हुने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।