माओवादीसहित ८ दलबीच १८ बुँदे सहमति, १९ गते एकता घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् ।

पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने सहित पार्टी एकता कात्तिक १९ गते हुने प्रस्तावमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।