मितेरी डेभलपमेन्ट बैंकले मङ्सिर ६ गते साधारणसभा आह्वान,१० प्रतिशत नगद लाभांश प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले मङ्सिर ६ गते साधारणसभा आह्वान गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन्।
बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कार्तिक २२ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
साधारणसभामा अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, लाभांश वितरण, र तीन जना सञ्चालकहरूको निर्वाचन लगायतका सामान्य प्रस्तावहरू पेश हुनेछन्।
त्यस्तै, विशेष प्रस्तावका रूपमा बैंकलाई अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने–गाभिने प्रक्रियामा जाने विषयमा संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि रहनेछ। साथै, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गत वर्ष खर्च भएको रु १ लाखभन्दा माथिको रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।