काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीका ५० प्रतिशतका दरले जारी गरिएका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन्।
शेयर सूचीकृत भएसँगै लगानीकर्ताका डिम्याट खातामा शेयर आएपछि ती शेयरहरूको खरिद–बिक्री गर्न सकिने भएको छ।
नेपाल धितोपत्र बोर्डले जेठ २ गते पिपुल्स पावरलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनीले असार २२ देखि साउन २६ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो।

Comment