राष्ट्र बैंकद्वारा दुई विकास बैंकमाथि कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकमाथि कारवाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमाथि कारवाही गरेको हो।
राष्ट्र बैंकले स्थलगत निरीक्षणपछि तयार गरेको प्रतिवेदनका आधारमा लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्ति गर्दा छोटो समयमै सेवा सुविधा वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९(७) उल्लङ्घन गरेको ठहर गर्दै सचेत गराएको छ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकलाई विभिन्न अनियमितता र नियम उल्लङ्घनका कारण तीन बुँदामा कारवाही गरिएको छ।
पहिलो, बैंकको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम १० प्रतिशतभन्दा निकै कम—२०८१ असारमा ४२.७ प्रतिशत र २०८२ असारमा २४.९ प्रतिशत कम रहेको पाइएकोले शीघ्र सुधारात्मक कारवाही गरिएको हो।
दोस्रो, संस्थाले कर्जा नोक्सानी व्यवस्था यथार्थपरक रूपमा नबनाएको, आवश्यक कागजातबिनै कर्जा अवधिमा समय थप गरेको र राष्ट्र बैंकका निर्देशनहरू पालना नगरेको ठहरसहित प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललाई नसिहत दिइएको छ।
तेस्रो, निरीक्षणका क्रममा देखिएका कैफियत दोहोरिन नदिन र सुधारका लागि जिम्मेवारी लिने गरी सञ्चालक समितिलाई लिखित आदेश जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।