‘मलाई हटाउन २४ घण्टामा सक्नेले मंसिरमा महाधिवेशन गर्न किन नसक्ने ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामाले देउवा पक्षकै विरोध गरेका छन् ।

लामाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावको समर्थन गर्दै उनले विशेष महाधिवेशनको माग राखेर निवेदन दिएका ५४ प्रतिशत प्रतिनिधिलाई नहेप्न आग्रह गरे ।

आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउँदा २४ घण्टा पनि नलगाउने नेताहरुले अहिले पार्टीको महाधिवेशन मंसिरमा गर्न सकिन्न भन्दा अचम्म लागेको बताए ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै लामाले मंसिरभित्रै नियमित महाधिवेशन नगर्ने हो भने कांग्रेसको टिकट लिने उम्मेदवारसमेत नहुने चेतावनी दिए । ‘मंसिर महिना कटाएर ल्याइने तालिका नियमित महाधिवेशनको हुन्न, अनियमित हुन्छ, तपाईंहरु अहिले टिकट वितरणमा आफ्नो हात हुन्छ कि हुन्न भनेर महाधिवेशनका लागि लडाइँ लडिरहनु भएको छ ।

यही स्थिति हो भने टिकट कसैले लिँदैन । हिजो बाजे, बाले भनेका कुरा छोराछोरीले मान्थे । अहिले ठीक उल्टो छ । छोराछोरीले भनेको कुरा नै बाउबाजेले मान्ने अवस्था छ,’ लामाले भने,‘ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।