नेपालको लगातार दोस्रो हार, यूएईसँग पाँच विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ । दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

यूएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए । जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । त्यस्तै यस जितसँगै यूएई समान खेलबाट आठ अङ्कका साथ अन्तिम स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।