शेयर बजार ओरालो लाग्दा पनि कारोबार रकममा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज नेपाल शेयर बजार (नेप्से) ओरालो लागेको छ। नेप्से परिसूचक ५.१७ अंकले घट्दै २,५६६ विन्दुमा कायम भएको छ। आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरमा ३२१ कम्पनीका १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारका आधारमा यूनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको २३ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड को २३ करोड १९ लाख र बुटवल पावर कम्पनी को २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।