बैंकिङ प्रणालीमा बढी तरलता, राष्ट्र बैंकले आज ४० अर्ब खिच्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (कार्तिक १२ गते, बुधबार) ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १७५ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत सो रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउने छन्। निक्षेप संकलन बोलकबोल ब्याजदरका आधारमा हुनेछ, जसमा सहभागी संस्थाले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्। आवेदकले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछिका चार अंकसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
बोलकबोलको आवेदन आज अपरान्ह ३ बजेसम्म राष्ट्र बैंकको Online Bidding System Software मार्फत दिन सकिनेछ। न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणकमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त आवेदनका आधारमा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँसम्म, सोभन्दा बढी वा कम रकम पनि संकलन गर्न सक्नेछ।
के हो निक्षेप संकलन ?
निक्षेप संकलन भनेको बैंक तथा वित्तीय संस्थासँग रहेको अतिरिक्त तरलता (नगद) निश्चित अवधिका लागि प्रशोचन गर्ने मौद्रिक उपकरण हो। यस प्रक्रियामा राष्ट्र बैंकले बोलकबोलमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट निक्षेप उठाउने गर्छ। यसले बजारको तरलता सन्तुलनमा सहयोग पुर्‍याउँछ।
बोलकबोलमा प्राप्त प्रस्तावहरू ब्याजदरका आधारमा प्राथमिकताका साथ बाँडफाँड गरिन्छ। समान ब्याजदरका प्रस्तावहरूबाट रकम बढी भएमा बाँडफाँड Pro-rata Basis मा गरिन्छ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बैंकहरूको लगानी पोर्टफोलियोमा गणना हुन्छ, तर यो रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। यद्यपि, SLR र Liquidity Ratio मा भने सो रकम गणना गर्न पाइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।