एभरेष्ट बैंकको वार्षिक साधारणसभा भोलि सम्पन्न हुने, २० प्रतिशत लाभांश पारित गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न भोलि कात्तिक १२ गते साधारण सभा बाेलाएकाे छ ।

बैंकको ३१ औं वार्षिक साधारणसभा भोलि बुधबार भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।