एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ।

बैंक र स्काइवाक टावर सञ्चालन गर्ने कम्पनीबीच भएको उक्त सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकहरूले यस सुविधा प्राप्त गर्न बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, यो सहकार्यले ग्राहकहरूलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबार संस्कृतिलाई अघि बढाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।