शेयर बजारमा ठूलो उछाल, नेप्से ६२ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज नेपाल शेयर बजार (नेप्से) मा ठूलो उछाल आएको छ। नेप्से परिसूचक ६२.२९ अंकले वृद्धि भई २,५७१ विन्दुमा पुग्दै बजार उच्च स्तरमा बन्द भएको छ।

आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने केवल १२ कम्पनीको मात्रै घटेको छ। कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको शेयरमा भएको छ, जसको कारोबार रकम २४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसपछि यूनियन हाइड्रोपावरको २३ करोड २२ लाख र राधि हाइड्रोपावरको २१ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

आज लगानीकर्तामध्ये सबैभन्दा बढी नाफा न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। उनीहरूले १० प्रतिशत नाफा पाएका छन्। बुटवल पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशत नाफा कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा धेरै घाटा हिमालयन पावर पार्टनरका लगानीकर्ताले व्यहोरेका छन्। उनीहरूले ६.३६ प्रतिशतका दरले गुमाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।