बैंकहरूबाट ४२ दिनका लागि ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

तिहार बिदाको समयमा तरलता प्रशोचन नगरेको केन्द्रीय बैंकले आइतबार एकैपटक ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशेन गर्ने भएको हो।

कर्जामा माग बढ्न नसकेको तर निक्षेप बढ्दै जाँदा बैंकहरुले करिब ८ खर्ब रुपैयाँ तरलता राष्ट्र बैंकमा राख्दै आएका छन् ।

बैंकरहरुले नेपाली बजारमा कर्जाम माग नभएको अवस्थामा डेरिभेटीभ मार्केटमा लगानी गर्नको लागि बैंकहरुलाई समेत तोकेर केही खुला गर्नुपर्ने माग गर्दै आएका छन् ।

६ महिना वा एक वर्षको लागि निश्चित रकम डेरीभेटीभ मार्केटमा लगानी गर्नेगरी सहजिकरण गर्नुपर्ने माग बैंकरहको छ ।

नेपालमा कर्जाको माग सुधार हुँदा क्रमश र्फिता गर्नेगरी समय तोकेर त्यस्तो लगानीमा सहजिकरण गर्नुपर्ने माग बैंकरहरुले गर्दै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।